कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाईते भएका छन छ । रुकुम पश्चिममा उनी चढेको जिप दुर्घटना हुदा खड्का घाइते भएकी हुन ।
शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ जाँदै गर्दा कर्णाली प्रदेश ०२ – ००१ झ ००४४ नम्वरको जिप दुर्घटना भएको थियो। जिपमा सवार माननिय खड्काको बाँया खुट्टामा चोट लागेको प्रहरिले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा खड्कासङगै नौ जना घाइते भएका हुन । घाइते हुनेमा चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवा टाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननिय खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी सहित गाडिमा सवार नौ जना घाईते हुनुभएको बताईएको छ । प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको छ ।
आईतबार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागि हुन जाने क्रममा गाडि दुर्घटना भएको हो । गाडिको स्टेरिङ अकस्मात घुमेपछि गाडि अनियन्त्रित भएर पल्टिएको गाडि चालक गिरीको प्रतिक्रिया रहेको छ ।
घाईतेहरुलाई उपचारको लागि तत्काल चौरजहारी अस्पताल लिएको प्रहरिले जनाएको छ ।
हाम्रो पहुँच संवाददाता । ९ असार २०८०, शनिबार