प्रकृतिका कुचिकार मानिने विभिन्न प्रजातीका ‘गिद्ध’ (फोटोफिचर)

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ लबिसा स्थित प्रकृतिका कुचिकार हिमाली गिद्ध तस्बिर : जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी गोबिन्द सिंह /जाजरकोट

 

जाजरकाेट । यो हिमाली जातको गिद्ध हो । सिनो खान आएको समयमा ३४ वटा गिद्धहरुको गणना गरिएको छ भने बारेकोट गाउँ पालिकामा ६८ वटा रेकर्ड गरिएको छ भने गुड ३७ वटा रहेको जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी गोविन्द सिंह बताउनुहुन्छ ।

जिल्ला भरि एकै समयमा सिनो राखेर गणना गर्दा कुन ठाउँमा कति संख्या देखिन्छ कुल संख्या थाहा हुने थियो तर, कुनै निकायबाट पहल नभएको उहाँ बताउनुहुन्छ ।

हाल पाँच जात मध्ये हाड फोर गिद्धका ४ वटा र दुर्लभ सुन गिद्धका १ सेतो गिद्धका २ रेकर्ड भएका छन भने हिउदे आगन्तुक राज गिद्धको हालसम्म नेपालमा गुड देखिएको छैन ।

हाल सम्म १० वटा हिमालि गिद्धको उद्धार उपचार पछि ९ वटा छोडिएकामा १८ दिन सम्म नउडे पछि जिल्ला डिभिजन वन कार्यौलय जाजरकोटमा जिम्मा दिएर पनि उड्न नसके पछि गिद्ध रेष्टुरेन्ट नवलपरासी पिथौलिमा राखिएको सिंहले बताउनुभयो । सुर्खेत काँक्रेबिहार केहि महिना राखेको हिमालि गिद्ध पनि त्यही राखिएको उहाँले बताउनुभयो । सिनोमा बिषादि ढुङ्गा गुलेली हान्ने काम अहिले पनि रोकिएको छैन। जस्ले गर्दा गिद्धको संख्या घट्दै गएको छ ।

हिमालि गिद्धका गुड ३७ वटा रेकर्ड गरिएको छ भने जनचेतनामूलक कार्यक्रम संरक्षणका लागि कतैबाट प्रयास नभएको र गर्ने लाई पनि अनावश्यक टीका टिप्पणी गर्ने क्रम कम नभएको उहाँको गुनासो रहेको छ । यस्बाट पैसा धेरै आउछ फोटोबाट पनि पैसा कमाउने गरेको आरोप लाग्ने गरहेको उहाँको गुनासो छ ।

विभिन्न जातका गिद्धहरु

हाडफोर गिद्ध

प्रकृतिका कुचिकार गिद्धका जातहरु मध्ये हाडफाेर (Bearded vulture) गिद्ध हाे। अरु गिद्धले मरेका सिनाेमा मासु खाएर छाेडेका हड्डी खाने भएकाले हाडफाेर नामकरण भएको मानिन्छ ।
यस्का गुडहरु जाजरकोटमा ४ डाेल्पामा १ जुम्ला १ हुम्लामा १ वटा भेटिएका छन। तस्बिर: बारेकाेट  गाउँपालिका  -९ जाजरकोट
प्रकृतिका कुचिकार विश्वमा दुर्लभ मानिएको सुन गिद्ध (Red headed vulture) काे यस्का गुड जाजरकोटमा -१ वटा मात्रै छ। फाेटाे नलगाड नगरपालिका -५ जाजरकोट।
प्रकृतिका कुचिकार जाजरकोटमा देखिएका गिद्धका पाँच वटा जातिहरु मध्ये याे राज गिद्ध (Cinereous vulture) हाे। यस्काे गुड नेपालमा देखिएकाे छैन । हिउँदे आगन्तुक गिद्ध भनिन्छ।
May be an image of pelican, flightless bird and vulture
जाजरकोटकाे उत्तरी भेगकाे बारेकाेटकाे राँगा घट्टेचरीकाे चुई गाउँकाे चट्टानमा हिमाली गिद्ध (Himalayan Griffon) काे जाेडीले सबैभन्दा अगाडि बच्चा हुर्कायाे ।

पहिलाका ३३ गुड थिए यो बर्षमा थप ४ वटा गुड भेटिएका छन् । सबै गुडभन्दा यो चुई गाउँको गुड लगाएको गिद्धले सबैभन्दा अगाडि गुडमा अण्डा पारेर कोरेलेर बच्चा हुर्काएको हो । अरु गिद्धले ढिला कोरेल्ने बच्चा पनि ढिलो गरेकोमा नियमित अध्ययनका रुपमा यो जोडिले सबै भन्दा अगाडि बच्चा हुर्काउन सफल भएको हो । त्यसैले ३७ गुडहरुमा यो ठाउँको गुडबाट बच्चा छिटो हुर्काउन सफल भएको हो ।

जाजरकोटमा बासस्थान भएका प्रकृतिका कुचिकार गिद्धका पाँच जात मध्ये दुर्लभ मानिएकाे सेताे गिद्ध (Egyptian vulture) अध्यनको क्रममा यस्काे गुडहरु रुकुममा १ जाजरकोटमा २ हुम्ला सिमिकोटमा  १ रहेका छन् ।
फाेटाे:बारेकाेट गाउँपालिका वडा नं.५ चिफलगाैंडा जाजरकोट
तपाईको प्रतिक्रिया