सुर्खेतमा झडप हुँदा १० जना प्रहरी घाइते, अभियान्ता खगेन्द्र सुनारसहित सात जना पक्राउ

सुर्खेत । दलित लागि दलित आन्दोलन नेपाल र प्रहरीविच झडप भएको छ । कर्णाली प्रदेश सभा अगाडी धर्नामा बसेका आन्दोलन समर्थित र प्रहरीविच शुक्रबार साँझ झडप भएको हो ।

विभिन्न माग राख्दै दलितका हकहितका लागि आन्दोलन उठाउँदै आएको नेपालले कणाली सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा दलित लक्षित नभएको भन्दै शुक्रबार विहानैबाट प्रदेश सभामा अगाडी धर्ना दिएका थिए ।

बजेट भाषण प्रत्यक्ष हेरेका उनीहरुले दलितमैत्री बजेट नआएको भन्दै आक्रोशित बनेका थिए । भाषण सकिए लगत्तै उनीहरुले प्रदेशका मुख्यमन्त्रीसहितका अन्य मन्त्री र सांसदहरुलाई बाहिर निस्कन रोक लगाउँदै चर्को नारावाजी गरेका हुन् ।

तर लाठीसहित आक्रोेशित बनेका उनीहरु र प्रहरीविच झडपहुँदा प्रदेश सभा अघि रणभूमीमा परिणत बनेको थियो । झडपका क्रममा प्रहरीले प्रदर्शनकारीलाई लखेट्न टिअर ग्यास (अश्रुग्यास) हानेको थियो ।

प्रदर्शनकारी ढुंगामुढा हानेपछि प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालयका एसपीसहित नौ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका आठ जना र सशस्त्र प्रहरीका दुई जना छन् ।

उनीहरुको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए । प्रदर्शनकारीतर्फ कति जना घाइते छन् भन्ने केही खुलेको छैन् ।

उनकाअनुसार अभियान्ता खगेन्द्र सुनारसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनारसहित दुई पुरुष र पाँच जना महिला छन् । पक्राउ परेकाहरुको नाम भने खुलेको छैन् ।

तपाईको प्रतिक्रिया