सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा बजेट उत्साहजनक नभएकोजनाएको छ । प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि एमालेले उत्साह नदिने खालको नभएको बताएको हो ।
एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बजेट उत्साहजनक नभएको बताएका छन् । सरकारले वितरणलाई प्रोत्साहन दिनेगरी बजेट ल्याएको उनले बताए ।
यस्तै एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले बजेट सत्ता केन्द्रित आएको बताए । रातोपाटीसँग उनले भने,‘ मुख्यमन्त्री, मन्त्री, पूर्व मुख्यमन्त्रीको जिल्ला केन्द्रित बजेट आएको छ ।’
हाम्रो पहुँच संवाददाता । १ असार २०८०, शुक्रबार