५५ थान बेवारिसे काठ बरामद

blog
रुकुम पश्चिम । रुकुम पश्चिममा ५५ थान बेवारिसे काठ बरामद भएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमले मुसीकोट नगरपालिका –२ को घ्युखोला नजिकबाट बेवारिसे अवस्थामा रहेका ५५ थान गोलिया र चिरान काठ बरामद गरेको हो ।

कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमअन्तर्गत मुसिकोट सब डिभिजन वन कार्यालयको क्षेत्रमा बेवारिसे अवस्थामा रहेका काठ बरामद गरिएको हो ।

बेवारिसे अवस्थामा रहेको टुनी जातको १५ थान गोलिया काठ र ४० थान चिरान काठ बरामद गरिएको कार्यालय प्रमुख परियारले जानकारी दिनुभयो । बरामद गरिएको काठ डिभिजन वन कार्यालयमा ल्याइएको छ ।

बेवारिसे अवस्थामा रहेका काठको हकदावीका लागि ३० दिने सूचना आह्वान गरिने बताइएको छ । हकदावीका लागि कोही पनि सम्पर्कमा नआएमा लिलाम प्रक्रियामा लगिने वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया