जाजरकोट । सामुदायिक विद्यालयका कर्मचारीले सोमबार शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटमा धर्ना दिएका छन् । विद्यालयका लेखापाल र कार्यालय सहयोगीले धर्नासहितको खलंगा केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
विद्यालयमा कार्यरत कर्मचारी ( लेखापाल — सहयोगी) हरुको सेवा सुविधा सहित पेशागत स्थायीत्वको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुद्दा नं १२७ मा उल्लेख भएको तर आ.व आर्थिक बर्ष २०८०÷२०८१ को बजेटमा सम्बोधन नभएकोले आन्दोलित हुनुपरेको नेपाल विद्यालय कर्मचारी परिषद् जाजरकोटका अध्यक्ष नैनबहादुर रानाले जानकारी दिए ।
श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिकको वेवस्था बजेटमा नहुदा कर्मचारी आन्दोलित भएका हुन् । विद्यालयमा कार्यरत कर्मचारीहरुले पेशागत सुरक्षा, पारिश्रमिकको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको अध्यक्ष रानाले बताए ।
हाम्रो पहुँच संवाददाता । २२ जेष्ठ २०८०, सोमबार