बारेकोट : गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाले पालिका भित्र रहेका गर्भवती महिलाहरुलाई निःशुल्क अल्टा«साउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्टा«साउण्ड सेवा नपाएका यहाँका गर्भवती महिलाहरुलाई गाउँपालिकाले निशुल्क सेवा प्रदान गरेको हो ।

गाउँ गाउँमा स्वास्थ्य संस्था भएपनि लिम्सा स्थित १० शैयाको स्वास्थ्य संस्थामा मात्र अल्टा«साउण्ड सेवा रहेको छ । लिम्सा बाहेक सदरमुकाम स्थित जिल्ला अस्पतालमा मात्र उक्त सेवा रहेको छ । यस अघि यहाँका गर्भवतीहरु अल्टा«साउण्ड सेवा लिन सदरमुकाम जाने गरेका थिए । बारेकोट गाउँपालिका भित्र नै अल्टा«साउण्ड सेवा सुरु भएसँगै यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए ।

बारेकोट गाउँपालिका भित्रको आर्थिक अवस्था हेरेर सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो । यो भन्दा अगाडी यहाँका ९० प्रतिशत महिलाहरु गर्भवती हुँदा अल्टा«साउण्ड सेवा लिन पाएका थिएनन् । पहुँच तथा हुनेखाने परिवारका गर्भवती महिलाले मात्र प्रभावकारी स्वास्थ्य सेवा लिएपनि स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्नेको संख्या भने कम्जोर रहेको छ ।

अधिकांश ठाउँमामा घण्टौ हिडेर स्वास्थ्य सेवा पुग्नुपर्ने ,त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिलाहरु असुरक्षित रुपमा गर्भवती सुत्केरी हुँदै आएका थिए । भगवानको भरोसामा सुत्केरी हुने यहाँका गर्भवती महिलाहरु अब गाउँमै स्वास्थ्य परीक्षण हुने भएपछि खुसी भएको बारेकोट–५ का आशा शाहीले बताईन् ।

तपाईको प्रतिक्रिया