१० महिनामा स्वास्थ्य मन्त्रालयले गर्‍यो मात्र ३८ प्रतिशत बजेट खर्च

 काठमाडौ । विश्व स्वास्थ्य संगठनले हरेक देशको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको हुनुपर्ने बताउँदै आएको छ तर नेपालमा हालसम्म स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशत पुग्न सकेको छैन। कोभिड महामारीको समयमा नेपालमा स्वास्थ्य क्षेत्रको बजेटको आकार केही बढे पनि कुल बजेटको १० प्रतिशत पुगेको थिएन। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बजेट नछुट्याइ रहेको अवस्थामा पनि नेपालमा स्वास्थ्य क्षेत्रतर्फ हरेक वर्ष छुट्याइने बजेट रकमसमेत पूरा खर्च हुने गरेको छैन। सरकारले चालू आर्थिक वर्ष ०७९/८० मा स्वास्थ्यतर्फ ६९ अर्ब ३८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो तर यो बजेटमा चालू आव को १० महिना बितिसक्दा स्वास्थ्य मन्त्रालयले जम्माजम्मी ३८ प्रतिशत बजेटमात्र खर्च गरेको छ। मन्त्रालयको योजना महाशाखा स्रोतका अनुसार भएको खर्चमध्ये पुँजीगततर्फ ४९ प्रतिशत र चालूतर्फ ३४ दशमलव ५४ प्रतिशत खर्च भएको हो।

यो आव मा १४ अर्ब ५३ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन भएको थियो भने ५४ अर्ब ४८ करोड रुपैयाँ चालू खर्चका लागि छुट्याइएको थियो। जसमा पुँजीगततर्फ ७ अर्ब १४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ भने चालूतर्फ १८ अर्ब ९४ करोड १२ लाख रुपैयाँ खर्च भएको छ।यस वर्ष पुँजीगत खर्च बढी देखिनुमा सरकारले निर्माण गर्दै गरेका ३ सय ९६ आधारभूत अस्पतालको रकमसमेत रहेको मन्त्रालयको योजना महाशाखाले जनाएको छ। मन्त्रालय र मातहतका निकायमध्ये स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको बजेट खर्च नै नभएको देखिन्छ। त्यसैगरी कोभिड—१९ रोकथाम कार्यक्रमको बजेट पनि खर्च भएको छैन।बजेट कम खर्च हुनेमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र, एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, क्षयरोग नियन्त्रण केन्द्र, उपचारात्मक सेवा कार्यक्रम रहेका छन्। सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सन्चालित स्वास्थ्य बिमातर्फ चालु वर्षको १० महिनाको अवधिमा ८९ दशमलव ९८ प्रतिशत चालूतर्फ खर्च भएको छ। चालू आवमा स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।

यसका साथै आयुर्वेद सेवा कार्यक्रममा हालसम्म पुँजीगततर्फ ६ दशमलव ६६ प्रतिशत र ४२ दशमलव ३२ प्रतिशत चालू खर्च भएको छ। आयुर्वेद सेवा कार्यक्रमका लागि चालूतर्फ ५ करोड ३९ लाख र पुँजीगततर्फ १ करोड ९ लाख विनियोजन गरिएको थियो। स्वास्थ्य अनुसन्धान परिषद्का लागि छुट्याइएको १५ करोड विनियोजन गरिएको थियो। चालूतर्फ सो बजेट शतप्रतिशत खर्च भएको छ। प्रतिष्ठानहरूले गरे ५० प्रतिशत खर्च अधिकांश तोकिएको बजेट खर्च गर्नेमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु रहेका छन्।हाल देशभर रहेका स्वास्थ्य मन्त्रालयअन्तर्गतका ७ वटा प्रतिष्ठानहरुले ५० प्रतिशतभन्दा धेरै बजेट खर्च गरेका छन्। विनियोजन गरिएको बजेटमध्ये १० महिनाको अवधिमा ५० प्रतिशतभन्दा धेरै खर्च गरेका हुन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा यो आवमा ८६ करोड ५९ लाख विनियोजन भएकोमा ७५ प्रतिशत चालू र ५० दशमलव १९ प्रतिशत पुँजीगततर्फ खर्च गरिएको छ। नेपालको सबैभन्दा कान्छो प्रतिष्ठानको रुपमा चिनिएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शतप्रतिशत बजेट खर्च गरेको छ। राप्तीले यो आवमा ११ करोड ९ लाख विनियोजित बजेटमध्ये चालू खर्च शीर्षकमा खर्च गरेको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २५ करोड ३४ लाख विनियोजन गरिएको थियो। जसमध्ये ८३ दशमलव ३३ प्रतिशत चालू र ९ दशमलव ४५ प्रतिशत पुँजीगत खर्च भएको छ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २८ करोड ९४ लाख विनियोजन गरिएको थियो। जसमध्ये चालू खर्चतर्फ शतप्रतिशत नै खर्च गरिसकेको देखिएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालू आवमा गरिएको २२ करोड ७३ लाख रकम विनियोजनमा १० महिनामा शतप्रतिशत नै चालू खर्च भएको देखिएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४१ करोड १२ लाख विनियोजन गरिएको थियो। जसमध्ये चालूतर्फ सबै बजेट खर्च

https://drive.google.com/file/d/1HyC5ACtvcuPuC1DEFejYPdOpk4hEhZYw/view

 

तपाईको प्रतिक्रिया