कालीप्रसाद थापाद्धारा लिखित ‘गाउँदेखि सहर सम्मको यात्रा’ नियात्रा विमोचन

No description available.
जाजरकोट । जाजरकोटी साहित्यकार कालीप्रसाद थापाद्धारा लिखित ‘गाउँदेखि सहर सम्मको यात्रा’ नियात्रा विमोचन गरिएको छ । शुक्रबार नेपाल सरकारका पूर्व सचिव एवं कवि विमल कोइरालाद्धारा उक्त कृति विमोचन गरिएको हो । जिल्लाको कुशे गाउँपालिकामा जन्मिएका थापाले आफ्नो पुस्तकमा भविष्य खोज्दै सहर पस्ने हजारौंको पीडालाई कृतिमा उतारेका छन् । विशेषत एसएलसी पछि उच्च शिक्षाका लागि गाउँ छोडेको र जीवनमा हजारौं पीडाहरु भोगेको कुरा कृतिमा समेटिएको छ । यसमा उनले विभिन्न शीर्षकहरु दिएर आफ्नो विगत जीवन,अध्ययन यात्रा र शिक्षण अनुभव समेतलाई सार्वजनिक गरेका छन् ।

No description available.

‘लेखक कालीप्रसाद थापाले मुलतः यही आफ्नो जीवन संघर्ष, शैक्षिक यात्रा तथा शिक्षणका विविध अनुभवहरुलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्, साहित्यकार हरी सन्दर्भ भन्छन्, ‘यो कृति उनले आफुलाई अक्षरमार्फत राम्रै सँग खन्याएका छन्, कृति भित्र उनले जीवनका व्यथा, संघर्ष र गुनासाहरुलाई प्राथमिकता दिएका छन् भने केही हदसम्म आशा, उत्साह र सपनाहरु पनि पस्केका छन् ।’ कृतिमा लेखकका नितान्त निजी जिवानानुभूतीहरुलाई मात्र नभएर दुर्गम जिल्ला जाजरकोटका धेरै आयाम र सन्दर्भहरुलाई समेत उजागर गरेको साहित्यकारहरुले बताएका छन् ।

No description available.

विमोचन कार्यक्रममा कवि विमल कोइराला, राजेश्वर कार्की, हरि सन्दर्भ, चन्द चिन्तन, चन्दबहादुर खड्का साहित्यकारहरुको उपस्थिति रहेको थियो । यस्तै, जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख दलबहादुर सिंह, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा, त्रिभुवन माद्यामिक विद्यालयका विव्यस अध्यक्ष केदारबहादुर शाह, प्रधानध्यापक भक्तबहादुर मल्ल सहित विद्यार्थी साहित्यकारहरुको उपस्थिति रहेको थियो । गाउँदेखि सहरसम्मको यात्रामा कालीप्रसाद थापाले आफ्नो जीवनको कथा लेखेर आफ्नो मात्रै कुरा नगरेर उज्यालो खोज्न गाउँबाट सहर पस्ने धेरै जाजरकोटीहरुको कथा रहेको पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए ।

विमोचन कार्यक्रम त्रिभुवन माद्यामिक विद्यालय खलंगाको हलमा भएको थियो ।

तपाईको प्रतिक्रिया