रुकुम पश्चिम । रुकुम पश्चिममा प्रेस सेन्टरको नयाँ कार्यसमिति गठन गरिएको छ । विशेष साधारण सभाबाट नयाँ कार्यसमिति गठन गरिएको प्रेस सेन्टर रुकुम पश्चिमले जनाएको छ ।
देवकुमार ओलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सिजन बाँठा मगर र नारायण ओलि, सचिवमा मनिस खड्का, सहसचिवमा सन्देश जैसी र दिपेन्द्र महतरा र कोषाध्यक्षमा सत्य बटाला चयन भएको नवनिर्वाचित अध्यक्ष ओलीले जानकारी दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोबिन्द रोका, प्रेस सेन्टरका उपाध्यक्ष ध्रुव बिक्रम बुढाथोकी, केन्द्रिय सदस्य मेघराज खड्का, मुसिकोट नगर कमिटी अध्यक्ष दलबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
हाम्रो पहुँच संवाददाता । ३१ बैशाख २०८०, आईतवार