‘नेपाल सांस्कृतिक गुलाम हो’


संसारको एक विशेषता छ । संसारभर केवल एक पर्खाल छ धनी र गरीब बीचको । जुन पर्खाल लचिलो छ । किनकि यो भौतिक उपलब्धिको आधारमा छ । धनी र गरीब बीचको एक विभेद छ जुन स्थायी होइन । किनभने धनी पनि एकदिन रोडमा आउन सक्छ र गरीब पनि एकदिन करोडमा पुग्न सक्छ । यसकारण पनि यो विभेद लचिलो छ, अस्थायी छ । यो एकदिन उल्टिन सक्छ र एकदिन मेटिन पनि सक्छ ।

तर भारतबर्षका शासकहरु बहुत चतुर थिए । उनीहरूले एक स्थायी दिवार खडा गर्न चाहे । जो कहिल्यै परिवर्तित नहोस् । जो कहिल्यै नबद्लियोस् र जसलाई कसैले चाहेर पनि ढाल्न नसकोस् । चाहे कसैले त्यसमा लात मारोस् चाहे शिर ठोकोस् । जसको फलस्वरूप यी चतुर पुर्वीया शासकहरुको कुटिल मस्तिष्कले रचना ग¥यो वर्ण व्यवस्था । त्यही व्यवस्थाको आधारमा आजको समाजले जरा गाडेको छ ।

धनी घरमा जन्मेको सन्तान पनि एकदिन गरीब हुन सक्ने छ र शासित हुन सक्ने छ । अनि गरीब घरमा जन्मेको सन्तान पनि एकदिन धनी हुन सक्ने छ र शासक बन्न सक्ने छ । यहाँ शासकत्वको स्थिरत्व छैन । यहाँ शासकत्व पुर्वनिर्धारित छैन । जतिबेला पनि तखता पल्टिनसक्छ र जो पनि शासक बन्न सक्ने छ र जसले पनि शासन गर्न सक्ने छ । तर पुर्वीया समाजको व्यवस्था निकै पृथक छ ।

पुर्वीया समाजमा जुन व्यवस्था छ ’वर्ण व्यवस्था’ यो बद्लिदैन । वर्ग व्यवस्था जतिबेला पनि बद्लिन्छ तर वर्ण व्यवस्था बद्लिन सक्दैन । पुर्वीया समाज पनि भारतबर्षको सीमाभित्र सिकुरिएको छ जसबाट नेपालको स्वअस्तित्व पनि शुद्ध रहिरहन सकेन । जसको फलस्वरूप भारतबर्षका बुद्धिजीवीको कुटिल व्यवस्था नेपालमा समेत लागू भयो । अझ भनौं भारतको भन्दा पनि राम्रोसँग लागू भयो ।

ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रको जुन व्यवस्था निर्माण ग¥यो भारतले तब त्यो अपरिवर्तित रह्यो किनकि यो कर्मको आधारमा थियो । अझ कर्म र कर्मको परिणाम पनि स्थिर हुँदैन, त्यसको कारण यो व्यवस्था पनि कट्टर हुन सक्दैनथ्यो । तब यसलाई अझै ईश्वरको नियमको रुपमै स्थापित गर्नको निम्ति जन्मको आधारमा वर्गीकरण गरियो जुन कहिल्यै बद्लिदैन । ब्राह्मणको घरमा जो जन्मियो ऊ ब्राह्मण भयो, क्षेत्रीयको घरमा जो जन्मियो ऊ क्षेत्रीय भयो, वैश्यको घरमा जन्मिने वैश्य नै कहलियो अनि शुद्रको घरमा जन्मिने शुद्र नै हुने भयो । जुन सिलसिला कहिल्यै समाप्त हुँदैन र ब्राह्मण श्रेष्ठ शासक बनेर तलका तीन वर्णमाथि शासन गर्ने, क्षेत्रीय शासक बनेर तलका दुई वर्णमाथि शासन गर्ने, वैश्य उप–शासक बनेर तलको एक वर्णमाथि शासन गर्ने र शुद्र सबैको शासनको पालना गर्दै गुलाम होइन अझ गधा, कुकुरको जिन्दगी बाँच्ने यो सिलसिला कहिल्यै रोकिदैन ।

यो वर्ण व्यवस्थाको जन्म भारतीय महान पण्डित, लेखक, दार्शनिक, धर्मगुरुले गरे । तर यो व्यवस्था नेपालमा झन् गाँजियो ।

हामी मान्छौँ नेपाल युगौँ देखि स्वतन्त्र अस्तित्व भएको मुलुक हो । हामी गर्व गर्छौँ कि नेपाल सँधै स्वतन्त्र थियो, कहिल्यै कसैको उपनिवेशमा थिएन भनेर, तर यो सत्य होइन । राज्यको स्वतन्त्र पहिचान उसको स्वतन्त्र सांस्कृतिक उचाईमा हुन्छ । वर्ण व्यवस्था भारतबर्षको सांस्कृतिक उचाइ हो जसले भारतलाई बचाएको छ । तर नेपालको आफ्नो सांस्कृति कहाँ छ ? के यो वर्ण व्यवस्था नेपालमा लागू हुनु पहिला यहाँ कुनै सांस्कृति थिएन होला र ? अवश्य थियो होला । तर वर्ण व्यवस्थाको पालना सँगै नेपाली सांस्कृतिक धरातल रसातलमा पुग्यो होला र त्यो सँगै नेपाली भुमिमा जन्मिने आधा नेपाली सन्तानको भाग्य पनि रसातलमा पुग्यो होला । किनकि जबदेखि यहाँ छुत र अछुतको दिवार ठडियो तबदेखि छुतको वर्णमा पर्ने मात्रै मानिस भए अछुतको दर्जाका सबै मानिस नै भएनन् ।

वर्ण व्यवस्थामा मानवता छैन । यो मानिसले बनाउन सक्ने व्यवस्था होइन । किनकि मानिसको हृदय दया र करुणाले भरिएको छ भने यस्तो क्रूर व्यवस्थाको सूत्रपात गर्नै सक्दैन । अझै यो व्यवस्थालाई यसका संरक्षकहरुले ईश्वरको व्यवस्थाको रुपमा नामाकरण गरे जुन यथार्थमा ईश्वरको व्यवस्था नभएर सैतानको व्यवस्था थियो । यो व्यवस्था जसले आरम्भ ग¥यो ऊ ईश्वर थिएन, अझ ऊ मानिस पनि थिएन । ऊ जो थियो सैतान बाहेको कोही थिएन ।

संसारभर खोजेर हेर्नुस्, भारत र नेपाल बाहेक कहिँ वर्ण व्यवस्था छैन । संसारभर त वर्ग व्यवस्था छ जुन परिवर्तनशील छ र लचिलो छ । वर्ग व्यवस्थामा ठूलो मानिस र सानो मानिस बीचको सम्बन्ध हुन्छ तर वर्ण व्यवस्थामा मानिस र गैर–मानिस बीचको सम्बन्ध हुन्छ । त्यसैले वर्ग व्यवस्था अझै सही छ क्रूर वर्ण व्यवस्थाको अघि । संसारभर नभएको व्यवस्था भारत र नेपालमा छ जुन भारतीय महान शासकहरुको देन हो र जसको चंगुलमा नेपाली सभ्यता पनि नमज्जासँग जकडिएको छ ।

मैले कतै पढेको थिएँ ’यदि कुनै राज्यमाथि अधिपत्य कायम गर्नु छ भने पहिला उसको सांस्कृति मेटाइदेउ ।’ भारतबर्षले नेपाली सांस्कृति मेटाइदियो । यसको अर्थ भारतले नेपालमाथि अधिपत्य कायम ग¥यो । नेपाल भौतिक राजनीतिक हैसियतले त गुलाम भएन होला तर सांस्कृतिक रुपमा नेपाली सभ्यताले भारतीय उपनिवेशता स्वीकार गरेको छ र भारतको गुलाम भएको छ ।

नेपाली सांस्कृति भनेको त यहाँका आदिवासी जनजातिहरुको सांस्कृति हो, जसभित्र वर्ण व्यवस्था छैन । जसभित्र जातीय पर्खाल छैन र जसभित्र अमनुष्यता छैन । आर्यनहरुको प्रवेश कहिले कहाँबाट कसरी भयो त्यो त म जान्दिनँ तर जब उनीहरूको प्रवेश भयो त्यहीसँगै प्रवेश भयो भारतीय सांस्कृति र क्रूर वर्ण व्यवस्था । त्यही सँगै भित्रीए नेपालमा ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र अनि मुलवासी, आदिवासी जनजातीहरुको सांस्कृति रसातलमा पुग्यो । जातीय भेदभाव र छुवाछूतको उदय भयो । त्यहीसँगै नेपाली सभ्यताको पतन भयो र स्वतन्त्रताको ताज शिरमा लाएर स्वाभिमानको गुणगान गाउँदै भारतको सांस्कृतिक गुलाम बनेर आधिपत्य धर्म निभाइरह्यो मेरो नेपालले । जसको फलस्वरूप आज म र मजस्ता लाखौंको नियति फेरियो । यसको खोज अनुसन्धान गर्ने हो भने नतिजा यो भन्दा भिन्न पनि आउन सक्छ तर उल्लेखित चर्चा मेरो व्यक्तिगत तर्कहरु हुन् । कसैलाई व्यक्तिगत वा साम्प्रदायिक रुपमा नकारात्मक असर पर्न गएमा क्षमायाचना गर्दछु ।

तपाईको प्रतिक्रिया