आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु


जाजरकोट । जिल्लाको भेरी नगरपालिका –०७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । विहीबार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको भेरी नगरपालिका – ०७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार विहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिएको थियो । सोही आगो निभाउने क्रममा जलेर कार्कीको मृत्यु भएको हो । दिनभरी प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरुले आगो नियन्त्रण गरेको थिए । सोही क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको वडाध्यक्ष शाहीले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया