स्वाबलम्वन समूह दर्ता, पञ्चकन्या गाउँपालिकामा अन्तरक्रिया

No description available.
नुवाकोट । मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा पैरवी, सचेतना अभिवृद्धि र सेवा प्रदानमा सहजीकरण गर्दै आहिरहेको कोशिश संस्थाको उत्पेरणद्वारा गठित वडा स्तरीय स्वाबलम्बन समूहहरुले पञ्चकन्या गाउँपालिकाको सभा हलमा गाउँपालिका उपाध्यक्ष बिमला के सीको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य स्वाबलम्बन समुहकी अध्यक्ष बिष्णुमाया थापाको अध्यक्षता, पालिका उपाध्यक्ष बिमला के सी को प्रमुख आथिथ्यता, विशिष्ट अथिति प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, अतिथिहरु स्वास्थ्य संयोजक हेम नारायण महतो, कृषि शाखाका संजिबन गोसाई, महिला बालबालिका शाखा प्रमुख सुलोचना गजुरेल, कोशिशका मनोबिद अनुप आचार्य, सामुदायिक मनोसामाजिक कार्यकर्ता निशा सिटौला, रञ्जना खतिवडा, सरिता के सीको आथिथ्यता र स्वाबलम्बन समूहहरुका पधाधिकारी र सदस्यहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त अन्तरक्रियाको संचालन कोशिशका परियोजना संयोजक लोक प्रसाद गौतमले गर्नु भएको थियो ।

स्वाबलम्ब समुहको उदेश्य माथि प्रकाश पार्दै “जहाँ समान अनुभब भएका व्यक्तिहरु बिच अनुभब तथा भावना सुनाउन सहज हुने र व्यक्तिको मन हलुको हुने, आफू मात्र एक्लो रहेनछु भन्ने अनुभूति ल्याउन सहायता प्रदान गर्ने, स्वाबलम्बन समुहले आर्थिक उपार्जन, नेतृत्व बिकास र मानसिक स्वास्थ्य सेवा बारे पैरवी गर्दै मनोसामाजिक समस्याको न्यूनीकरणमा योगदान गर्ने” कुरा परियोजना संयोजक लोक प्रसाद गौतमले बताउनु भयो । अन्तरक्रिया कार्यक्रमको अबसरमा स्वाबलम्बन समुहलाई सहयोग, मानसिक स्वास्थ्य क्षेत्रको समस्याको सम्बोधन गर्नको लागि पञ्चकन्या गाउँ पालिकाले नीति गत निर्णय र यथोचित बजेट बिनियोजन गर्न कार्यक्रमका अध्यक्षले एक ध्यानाकर्षण पत्र कार्यक्रमका प्रमुख अथिति बिमला केसी लाई प्रदान गर्नु भयो ।

No description available.

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख अतिथि बिमला केसी ले “यो ध्यानाकर्षण पत्र ठिक समयमा आएको छ र मनोसामाजिक समस्याको सम्बोधनमा पञ्चकन्या गाउँपालिकाले बिशेष पहल गर्ने, पलिकमा एक परामर्श दाता राख्न कार्यपालिकामा छलफल चलाउने, स्वाबलम्बन समुहको सीप विकास, नेतृत्व विकास र संथागत विकासमा पालिकाका विभिन्न शाखाको परिचालन गरि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यी समूह हरुलाई वडा तहमा वडा कार्यालय तथा पालिका तहमा गाउँपालिकाले अबिभाबकत्व प्रदान गर्ने हुदाँ आफुलाई एक्लो महसुश नगर्न आग्रा गर्नु भयो । कोशिशले मनोसामाजिक समस्याको समाधानमा उलेख्य कार्य गरी सहयोग गरेकोमा धन्यवाद दिदै कार्यक्रमको निरन्तरताको लागि alteser  International  र कोशिशलाई अनुरोध गर्नु भयो÷ प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्लेले “सक्रिय, फुलवारी, सुन्दरादेबी र स्वास्थ्य स्वबलंबन समूहको संथागत सबलीकरण गर्न सहयोग गर्ने, यी समुहको दर्ता प्रक्रियामा सहयोग गर्ने बचनबधता सहित प्रगतिको कामना गर्नु भयो र उक्त दिन पन्चकन्या गाउँ पालिका वाड न २ को सक्रिय स्वाबलम्बन समूह, वाड न. ३ को स्वास्थ्य स्वाबलम्बन समूह, वाड न. ४ को सुन्दरादेबी कोशिश स्वाबलम्बन समुह र वाड न ५ को फुलबारी स्वाबलम्बन समुहलाई पालिकामा दर्ता गरी दर्ता प्रमाण पत्र प्रदान गर्दै स्थायित्व र दिगोपनाको शुभकामना व्यक्त गर्नु भयो ।

No description available.

स्वास्थ्य संयोजक हेमनारायण महतोले “ कोशिशले स्वास्थ्य संस्थासंगको समन्वय र सहकार्यमा मानसिक स्वास्थ्य शिबिर संचालन गरी घर दैलोमै बिशेसज्ञ सेवा प्रदान गरेको, स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरी मानसिक स्वास्थ्यको क्षेत्रमा क्षमतावृद्धि गरेकोमा प्रशंसा गर्नु भयो साथै कोशिश फेजआउटको चरणमा रहेको हुदाँ परियोजनाका उपलब्धिलाई संथागत अझै बाकी रहेको हुदाँ कार्य अबधि थप गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पालिका स्तरमा कम्तिमा एक मनोसामाजिक परामर्श दाताको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । महिला बालबालिका शाखा प्रमुख सुलोचना गजुरेलले “यी स्वाबलम्बन समूहहरु पनि यस शाखाको अभिन्न अंग भएकोमा आफ्नो शाखाको सदैब साथ र सहयोग रहने कुरा ब्यक्त गर्नुका साथै नियमित रिपोर्टिंग र सहकार्यको कामना गर्नु भयो । कृषि शाखाका संजिबन गोसाईले “ कोशिशले गरेको मानबिय कार्यको प्रशंसा गर्दै आफ्नो शाखाले स्वाबलम्बन समुहलाई बिशेष चासोका साथ सेवा प्रदान गर्ने विचार ब्यक्त गर्नु भयो । अन्तमा कार्यक्रमका अध्यक्ष बिष्णुमाया थापाले धन्यवाद सहित कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया