विदा लिएका स्वास्थ्यकर्मीहरु दुई महिना सम्म आएनन्

बारेकोटमा फैलियो मौसमी रुघाखोकीे :  चिकित्सक भन्छन्, ‘कोरोनाको लक्षण मिल्छ’

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाको एक स्वास्थ्यमा कार्यरत स्वास्थ्यकर्मी बिदामा गएको एक महिना पुरा हुँदा पनि कार्यालयमा उपस्थिति नभएको पाईएको छ । आधारभुत अस्पताल लिम्साका दुई स्वास्थ्यकर्मी बिदा सकिदा पनि कार्यालयमा उपस्थित भएका छैनन् । ल्याव असिस्टेन नवीना सुनार २०७९ चैत्र १२ गते देखि र अ.हे.व. झरना शाही चैत्र ६ गते देखि कार्यालयमा उपस्थित नभएको आधारभुत अस्पताल लिम्साका प्रशासन प्रमुख गणेश सिंहले बताए ।

उनले भने ‘उनी दुवै जना आफ्नो बिदा स्वीकृत नगरेर बिदामा गएको हुन्,अहिलेसम्म उपस्थित भएका छैनन्,हामीले बारम्बार फोन गरेर वोलाउँदा पनि कार्यालयमा उपस्थित हुँदैनन् ।’ उनले थपे ‘उनी उपस्थित नहुँदा सेवा प्रवाहमा निकै समस्या भएको छ, कार्यालयमा उपस्थित नहुँने स्वास्थ्यकर्मी राखी राख्नु उचित छैन्, त्यसैले अब उनीहरुलाई हटाएर कर्मचारी पूर्तिका लागि गाउँपालिकासंग पहल हुँदैछ ।’

बिदा सकिएको लगतै कार्यालयमा समय दिन नसकिने अस्पाताल प्रशासनलाई जानकारी दिएको अ.हे.व. झरना शाहीले बताईन । उनले भनिन् ‘अस्पतालले गरेकोे निर्णय प्रति मेरो कुनै आपत्ति छैन् ।’

उता ल्याव असिस्टेन नवीना सुनारलाई भने फोन सम्पर्क हुन सकेन्

तपाईको प्रतिक्रिया