सिंहदरबारमा तीन दलका शीर्ष नेताको बैठक, के भयो कुराकानी?


काठमाडौं : तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ। सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभा बैठकसम्बन्धी विषयमा छलफल भएको जानकारी दिए।

‘बजेट, नीति तथा कार्यक्रमका् विषयमा केन्द्रित भएका छौँ। विषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाइ समिति लगायको विषयमा छलफल भयो,’ उनले भने।

तपाईको प्रतिक्रिया