दैलेखको जंगलमा आगलागी हुँदा १२ जना घाइते

दैलेख : दैलेखमा आगलागीमा परी १२ जना घाइते भएका छन्। यहाँको आठविकस नगरपालिका-६ मा पर्ने (माल्या) जङ्गलमा आगलागी हुँदा जङ्गलमा काम गर्न गएका १२ जना घाइते भएका दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

प्रहरीका अनुसार आगोमा जलेर घाइते भएका १२ जनामध्ये ३ जना सिकिस्त रहेको जनाइएको छ। आगलागीमा घाइते भएकाहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख लम्सालले बताए।

तपाईको प्रतिक्रिया