दिल विक्रम शाहीका चार उत्कृष्ठ मुक्तक

1

लाग्नुपर्ने ठाउँमा मेरो नजर लागेन
जहाँ नजर लाग्यो त्यहाँ भर लागेन
प्राण लाग्ने आधी मुटुले त छोडेर गई
त्यसपछी अर्को रोज्ने रहर लागेन ।।

2
यी आँखा बाट आँसु थामिन छोडेको छैन
भाग्यले अझै पनि चोट दिन छोडेको छैन
तिम्रो याद यो दिल भित्र खत बनेर बसिरह्यो
जति कोसिस गरेपनि टाढिन छोडेको छैन ।।

3

मनको पीडा मनभित्र लुकाई रहेका
फुल जस्तै गरिकन मुस्कुराई रहेका
एउटा तिमी हौँ प्रिया अर्को म पनि हुँ
छट्पटीमा एक्लो रात बिताई रहेका ।।

4

आँखामा आँसु मनमा चोट दिएको थाहै दिएनौ मलाई
जान्छु भनिनौ ? एक्कासी टाढिएको थाहै दिएनौ मलाई
हिजो उस्तै थियो आज उस्तै छ भोलि उस्तै हुन्छ भन्थ्यौ
त्यो माया गर्ने मन पनि त फेरिएको थाहै दिएनौ मलाई ।।

तपाईको प्रतिक्रिया