अन्तरपार्टी महिला सञ्जाल जाजरकोटको अध्यक्षमा रामछाया शाही, सचिवमा धर्मशिला बस्नेत

No description available.
जाजरकोट । अन्तरपार्टी महिला सञ्जाल जाजरकोटको अध्यक्षमा रामछाया शाही सर्वसम्मत चयन भएकी छन् । मंगलबार सदरमुकाम खलंगामा भएको समितिको निर्णयले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा तारा शाक्य, सचिवमा धर्मशिला बस्नेत, कोषाध्यक्षमा पशुपति कुमारी शाही चयन भएकी छन् । सदस्यहरुमा रिता पुन, रति नेपाली, सुमकला डाँगी, विष्णु गिरी, बविता चनारा, कमला शाह, सुनसरा खत्री, गोपी विक, सुनिता बोहरा, कृष्णा सिंह,भावना भण्डारी, देवि नेपाली, जगत कुमारी शाही सहित १७ सदस्सीय कमिटी निर्माण गरिएको सचिव धर्मशिला बस्नेतले जानकारी दिईन् । विभिन्न राजनीतिक दलका महिलाहरुले अन्तरपार्टी महिला सञ्जाल गठन गरेका हुन् । अध्यक्षमा नेपाली काँग्रेस, सचिवमा नेकपा माओवादी केन्द्र, उपाध्यक्षमा नेकपा एमाले, कोषाध्यक्षमा राप्रपाको भागमा परेको छ ।

No description available.

तपाईको प्रतिक्रिया