मिटर ब्याज पीडितका लागि उजुरी दिन आह्वान


जिल्ला प्रशासन कार्यालय जाजरकाेटले अनुचित लेनदेन (मिटर ब्याज) पीडितका लागि उजुरी दिन आह्वान गरेको छ । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए बमोजिम पीडितहरूको विवरण सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो ।

पीडितहरूले यही वैशाख १७ देखि ३१ गते सम्म जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरूका सहयोगमा निःशुल्क फाराम भर्न सक्ने जनाइएको छ । पीडितहरूले बेहोरा खुलाइ आफूसँग भएको सबै सबुत प्रमाण सहित तोकिएको ढाँचामा फाराम भर्नुपर्ने प्रशासनले जनाएकाे छ ।

May be an image of text

तपाईको प्रतिक्रिया