कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको संसद बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्। विपक्षमा १० मत परेको छ।

शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

तपाईको प्रतिक्रिया