सामाजिक सुरक्षा कोषमा १ लाख २० हजार योगदानकर्ता थप, ५ अर्बभन्दा धेरै प्रिमियम संकलन

1140x725
काठमाडाैँ । सामाजिक सुरक्षा कोषमा १ लाख २० हजार १ सय ७४ जना योगदानकर्ता थपिएका छन् । गएको साउनदेखि चैत मसान्तसम्ममा थपिएको यो सङ्ख्या सुरूवाती वर्षको तुलनामा झण्डै ५ गुणाले धेरै रहेको कोषले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २ सय ६१ संस्थाका २४ हजार ३ सय ३० जना आबद्ध भएकोमा आर्थिक वर्ष ०७६/७७ मा ९ हजार २०२ संस्थाका १ लाख ३२ हजार ७ सय २२ जना योगदानकर्ता आबद्ध भएका थिए । यस्तै आर्थिक वर्ष ०७७/७८ मा पनि १ लाख १६ हजार ६ सय ६८ जना नयाँ योगदानकर्ता आवद्ध भएकोमा गत आर्थिक वर्षमा भने योगदानकर्ताको सङ्ख्या ७३ हजार जनामा झरेको थियो ।

कोषले हालसम्म ५ अर्ब १४ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस्तै कोषले हालसम्म योगदानकर्तालाई ९८ करोड ३० लाख रुपैयाँको दाबी भुक्तानी दिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा रोजगारदाताबाट श्रमिकको आधारभुत पारिश्रमिकको २० प्रतिशत र कर्मचारीबाट ११ प्रतिशतसहित ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने ब्यवस्था छ ।

तपाईको प्रतिक्रिया