पुरानो खालीको संरक्षण गरिदै

No description available.

रुकुम पूर्व । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नं –४ दादिङको जुम्लेखालीमा रहेको पुरानो पुर्खेउली खालिलाई संरक्षण गर्न लागिएको छ ।
दशकौं वर्ष अगाडिदेखि गाई भैंसीहरुलाई सबैले पानी खुवाउनको लागि पुर्खाहरुले गाउँको वीच भागमा खालि निर्माण गर्ने गरेका थिए । गाउँका सबैले एकै ठाउमा गाई भैंसीहरुलाई पानी खुवाउने त्यही बहानामा सुख दःखका कुरा गर्ने चलन थियो । तर अहिले आएर यिनी कुरा सुन्दा अनौठो लाग्छ तर यो वास्तविक नै हो ।

 त्यहि खाली आजभोलि खोज्ने हो भने कतै भौतिक संरचना ले मिचेको पाइन्छ भने कतै मोटरबाटो या कुनै बहानामा ठुला ठुला खालीहरु मिच्दै गएको पाइन्छ । खालीको अस्तित्व नै बिस्तारै हराउँदै गईरहेको हुदा पुर्खाहरुले निर्माण गरेका सार्वजनिक सम्पत्तिहरुलाई अहिलेको पुस्ताले पुराना संरचनाहरुलाई संरक्षण गर्नुपर्ने स्थानीय तथा समाजसेवी दलवहादुर घर्ती मगरले बताउनुभएको छ ।

सोही अनुरुप आफुहरुले जुम्लेखालीमा रहेकोे खालिको संरक्षण गर्न लागिएको उहाँले बताउनुभएको छ । उहाले भन्नुभयो हामीले खालिलाई नयाँ तरिकाले खालीको संरक्षण गर्ने सोच बनाएका छौँ । खालीको चारैतिर मिसीनरी वाल लगाउने र तारबार पनि लगाएर खालीको अस्थित्व जोगाउने कोसिस गरेका छौ । अझ बजेट भयो भने कसैले यसरी पुर्खेउली सम्पत्ति को संरक्षणका लागि सहयोग गर्नुभयो भने झन बिचमा सुईमिङ पुल र परिपरीको क्षेत्रमा गाई भैंसीकालागी सिडि सहितको खाली बनाउने आफुहरुको सोच भएको पनि बताउनुभएको छ ।

No description available.

यो सम्बन्धि आफुहरुले विभिन्न संघ संस्था तथा कार्यालय हरु संघ पनि कुरा गरिरहेको र जिल्ला डिभिजन वन कार्यालय रुकुम पूर्वले खाली संरक्षणका लागि २ लाख बजेट उपलब्ध गराइदिने भएको पनि बताउनुभयो । उहाँले ले भन्नुभयो वन कार्यालयले २ लाख वजेट दिन्छौं भनेपछि हामिहरु अरु काम छाडेर खाली संरक्षणको काममा लागेका छौं । यसरी पुर्खेउलि संरचनाहरुलाई नयाँ तरिकाबाट संरक्षण गर्दा विगतका पुराना कला संस्कार संस्कृति पनि धरापमा नपर्ने मगर को भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया