जाजरकोट । जाजरकोटको एक सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न ‘घरदैलो अभियान’ चलाएको छ । नलगाड नगरपालिका –०३ स्थित सूर्याेदय माद्यामिक विद्यालयले घरदैलो अभियान चलाएको हो । विद्यालयका व्यवस्थापन समिति र शिक्षक/ शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रिय अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र पुन मगरले जानकारी दिए ।
“हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ”, उनले भने, “निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।”
जिल्लाका अरु विद्यालयहरुले अभियान चलाएको देखिदैन् । नलगाड नगरपालिकाको सूर्याेदय माद्यामिक विद्यालय अभियान सञ्चालन गर्ने जिल्लाकै पहिलो विद्यालय बनेको छ ।
हाम्रो पहुँच संवाददाता । १० बैशाख २०८०, आईतवार