तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।उनले भने, ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले आज पत्र दर्ता गराउनुभएको छ । विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घण्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । तर, १५ गतेसम्मका लागि समय टन्नै छ ।’

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने भए पनि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसयता शर्माले कांग्रेसलाई सरकारमा सहभागी गराएका छन् ।

तपाईको प्रतिक्रिया