कर्णालीमा तीन मन्त्रीको शपथ आज

blogसुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ ।मङ्गलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र वेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १(१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया