कर्णाली सरकारमा मन्त्री बन्दै बेदराज सिंह


सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेस निकट स्रोतले बताएको हो ।

कर्णालीमा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको भएपनि जाजरकोटबाट निर्वाचित सांसद राजिव बिक्रम शाह र बेदराज सिंह मध्य पहिलो चरणमा बेदराज सिंह मन्त्री बन्ने पक्कापक्की भएको जनाइएको छ ।

कर्णाली सरकार विस्तार गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेसबाट तिन जनाको नाम तय भैरहेको बताइएको छ । स्रोतका अनुसार अन्तिम टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ नेतृत्व पाउने छ ।

तपाईको प्रतिक्रिया