नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा दुई दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । “सबैका लागि मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य” भन्ने मुल मर्म बोकेर गाउँपालिकाको १ र ५ नम्बर वडामा दुई दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सामाजिक चेतना, क्षमता अभिवृद्धि, नीति निर्माण, नीतिको कार्यान्वयन, मानसिक स्वास्थ्यमा पहुँच वृद्धि, मानसिक स्वस्थ्यमा मनोसामाजिक परामर्श र उपचारात्मक सेवा प्रदान गर्दै आइरहेको कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन नुवाकोटको आयोजनामा शिविर सम्पन्न भएको कोशिशका जिल्लाका संयोजक लोकप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार पञ्चकन्या गाउँपालिकाको १ र ५ नम्बर वडा कार्यालयको सहयकार्यमा स्थानीय स्वस्थ्य चौकी, वडा स्तरीय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनको सहकार्यमा चैत्र २९ गते बानियाँटार स्वास्थ्य चौकी र चैत्र ३० गते भाद्रुटार स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट ५४ जनाले लाभ लिएका छन् ।
शिविरमा त्रिशुली अस्पतालका मनोचिकित्सक डा. अनुशा मानन्धरले मनोसामाजिक चिकित्सकीय सेवा र कोशिशका मनोविद सफल सापकोटा, सैलेन्द्र शर्मा र अनुप आचार्यले मनोसामाजिक परामर्श प्रदान गरेका थिए । उक्त शिविर सन्चालनमा परियोजना संयोजक लोकप्रसाद गौतमले समन्वय, सहकार्य र व्यवस्थापकीय भुमिकामा सहजीकरण गरेका थिए । संविधानले आधारभुत स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक हक भएको कुरा उल्लेख गरेको छ ।
मानसिक स्वास्थ्य प. पनि आधारभुत स्वस्थ्यकै एक अङ्ग भएको हुदाँ मानसिक स्वस्थ्यको सेवा बिस्तार र सेवामा पहुँचको सुनिश्चिततामा स्वंयम ब्यक्ति, परिवार, सरोकारवाला, सरकारले हातेमालो गरी कार्य गर्नु पर्ने “कुरा परियोजना संयोजक गौतमले बताए ।
उक्त कार्यक्रममा आउनु भएका डा अनुशा मानन्धर तथा कोशिसको टिमललाई बानियाँटारमा वडाध्यक्ष महानन्द ढकाल र स्वास्थ्य चौकी इन्चार्ज रमेश कार्की तथा भद्रुटारमा स्वस्थ्य चौकी इन्चार्ज रबिन्द्र शाह तथा वडा सदस्य रामजङ बुढाथोकीले खादा र टीका लगाई सम्मान सहित आभार व्यक्त गरेका थिए ।
सो अबसरमा वाड वडाध्यक्ष माहानन्द ढकालले मानसिक स्वास्थ्यमा जनचेतना अभिवृद्धि गर्न कोशिश सङको सहकार्यमा सडक नाटक कार्यक्रम गर्न रकम उपलब्ध गराउने बचन व्यक्त गरे ।
कोशिशको कार्यक्रमको निरन्तर लागि अनुरोध सहित आगामी आर्थिक बर्षमा वडाबाट समेत देखिने खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हाम्रो पहुँच संवाददाता । १ बैशाख २०८०, शुक्रबार