जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा कोरोना पोजेटिभ देखिएको छ । स्थायी घर रुकुम पश्चिमको कोटजहारी भएकी ४५ वर्षीय महिला हुन् । भेरी नगरपालिका ३ बस्ने महिला केही दिनमात्र माइतीघरमा आएकी थिइन् । ज्वरो आउने र टाउको दुख्ने समस्या भएपछि उपचारका निम्ति जिल्ला अस्पताल आएकी डा.औंसर सिहं राठौरले जानकारी दिए ।
बिरामीको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा बस्न सल्लाह दिएको डाक्टर राठौरले बताए । ४ जनाको एन्टिजन परीक्षण गर्दा जसमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोभिडको लहर सुरु भइसकेकोले, माक्सको सहि रुपमा प्रयोग गर्ने, भिडभाडबाट टाढा रहने,उमालेको पानी पिउने ,साबुन पानीले हात धुने गर्दा कोभिडबाट बच्न सकिने उनले बताए ।
टुकमाया घर्ती । ३० चैत्र २०७९, बिहीबार