जाजरकोट । जाजरकोटका स्थानीय तहको बेरुजु ४ लाख ४२ हजार भन्दा बढी देखिएको छ । महालेखापरीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन अनुसार यहाँका सात वटा स्थानीय तहको बेरुजु ४ लाख ४२ हजार तीन देखिएको हो । शिवालय गाउँपालिकामा कुल १० लाख २३ हजार ६६० लेखा परिक्षण गर्दा ७२ हजार ९ सय २७ रकम बेरुजु देखिएको हो ।
अर्थात कुल ७.१२ प्रतिशत छ । गत बर्षको बेरुजु २२ हजार ६४४ थियो । छेगाडाड नगरपालिकामा १७ लाख ९७ हजार १४६ लेखापरिक्षण गर्दा १ लाख १ हजार १७४ रकम बेरुजु रहेको छ । अर्थात ५.५३ प्रतिशत बेरुजु देखिन्छ । गत बर्ष नगरपालिकाको ३१ हजार ९ सय ७३ बेरुजु थियो ।
नलगाड नगरपालिकामा १५ लाख १९ हजार ८ सय ७४ लेखापरिक्षण गर्दा ६६ हजार ६३ बेरुजु रहेको छ । अर्थात प्रतिशतमा ४.३४ प्रतिशत देखिन्छ । यस्तै, जुनीचाँदे गाउँपालिकामा १३ लाख ७ हजार ६ सय ४४ कुल लेखापरिक्षण गर्दा ७४ हजार ८ सय ३ बेरुजु रहेको छ । अर्थात ५.७२ प्रतिशत देखिन्छ ।
भेरी नगरपालिकामा १८ लाख १५ हजार १ सय ६८ रकमको लेखापरिक्षण गर्दा ३८ हजार १ सय ९२ बेरुजु छ । सगम्र प्रतिशतमा २.१ देखिन्छ । कुशे गाउँपालिकामा ८ लाख ६१ हजार ५ सय ७९ कुल रकमको लेखा परिक्षण गर्दा ४० हजार ७ सय ७७ अर्थात ४.७३ प्रतिशत बेरुजु देखिन्छ ।
गत बर्षको जिम्मेवारीमा शिवालय गाउँपालिकाको २२ हजार ६ सय ४४, छेडागाड नगरपालिकाको ३१ हजार ९ सय ७३, बारेकोट गाउँपालिकाको ४९ हजार ४ सय ३८, नलगाड नगरपालिकाको ७४ हजार ७ सय २१, जुनीचाँदे गाउँपालिकाको १६ हजार ६ सय ९४, भेरी नगरपालिकाको २५ हजार ५२ रहेको छ भने कुशे गाउँपालिकाको ३ हजार ८ सय ३१ देखिन्छ ।
हाम्रो पहुँच संवाददाता । ३० चैत्र २०७९, बिहीबार