जाजरकोट । जिल्लाको भेरी नगरपालिका १ को पिपे सामुदायिक वनमा आगलागी भएको छ । बुधबार विहान करिब ९ बजेदेखि पिपे सामुदायिक वनमा आगोलागी भएको हो । नगलगाड नगरपालिका १ जुरिली गाउँको सामुदायिक वनबाट सुरु भएको उक्त आगो सरेर आज बिहान पिपे सामुदायिक वनमा पुगेको भेरी नगरपालिका १ का वडाध्यक्ष दिपक रानाले बताए ।
उनले भने ‘यो ठाउँमा बर्षेनी आगाली हुन्छ,नलगाड १ जुरिलीका स्थानीयहरुले घाँसका लागि प्रत्येक बर्ष घाँसे पाखाहरुमा आगो लगाउँछन् त्यसको अवसर हाम्रो सामुदायिक वनमा पर्ने गर्छ । अहिले आगो नियन्त्रणका लागि चौतर्फी पहल गरिरहेका छौं यो विषमा अनुसन्धान गरी तत्तकाल दोषिलाई कार्वाही गर्छौं ।’
विहान करिब ९ बजेदेखि सामुदायिक वनमा आगलागी भईरहेको छ । आगो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्त समितिले त्यति चासो नदिएको देखिन्छ । बरु उपभोक्ता समितिका अध्यक्ष विहे भोजमा व्यस्त रहेछन् ।
विहान देखि हालसम्म वनमा आगोलगी लागिरहेको पिपे सामुदायिक वनका अध्यक्ष हेमन्त बस्नेतले बताए उनले भने ‘बनमा आगो लागि रहेकोछ । मैले वडाध्यक्षलाई फोन गरेको छु । गाउँमा जन्ती पठाउनु पर्ने भएको हुँदा मैले अरु कसैलाई खबर गर्न सकेको छैन् । आगो नियन्त्रणका लागि भोली विहान पहल गर्छु ।’
हाम्रो पहुँच संवाददाता । २९ चैत्र २०७९, बुधबार