जाजरकोटका ८५ कुखुरापालक किसानलाई तालिम

No description available.
जाजरकोट । जाजरकोटका भेरी र नलगाड नगरपालिका भित्रका ८५ जना कुखुरापालक किसानलाई तालिम दिईएको छ । कर्णाली ह्याचरी उद्योग प्रालि सुर्खेतको आयोजना र जय कृष्ण पोल्ट्री सप्लायर्स प्रालि जाजरकोटको व्यवस्थापनमा किसानहरुलाई एक दिने कुखुरापालन सम्बन्धी तालिम दिईएको हो ।

निजी लगानी गरेर जाजरकोटका किसानहरुलाई कुखुरापालन सम्बन्धी तालिम दिईएको कर्णाली ह्याचरी उद्योग प्रालि सुर्खेतका प्रमुख पूर्णप्रसाद जैसी पाण्डेले जानकारी दिए । उनका अनुसार कर्णालीमा कुखुरापालन सम्बन्धी किसानहरुको आकर्षण बढीरहेको तर स्तरोन्नती नहुँदा निकै समस्या परेकोले तालिम दिर्ईएको हो ।

No description available.

कर्णालीको एक मात्र ह्याचरी उद्योग सुर्खेतले चल्ला उत्पादन गर्दै आएको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कार्यरत डाक्टर जितेन्द्र श्रेष्ठले तालिम दिईरहेका छन् । कुखुरा पाल्दा ख्याल गर्नुपर्ने कुरा, कुखुरालाई कस्तो वातावरण चाहिन्छ, रोग लाग्दा केके गर्न सकिन्छ ? भन्ने विषयलाई मुख्य बनाई तालिम दिईएको छ ।

तालिम पाउँदा किसानहरु निकै खुशी भएका छन् । जाजरकोटमा किसानको कुखुरापालन सम्बन्धी आकर्षण बढेपनि आवश्यक ज्ञान र सीप नहुँदा समस्या भएकोले तालिम दिईएको जय कृष्ण पोल्ट्री सप्लायर्स प्रालि जाजरकोटका प्रमुख जयबहादुर खत्रीले बताए । पछिल्लो समय जाजरकोटमा कुखुरापालन किसानहरुको आकर्षण बढीरहेको छ । एक दिने तालिम बाट धेरै राम्रो सिकाई भएको किसानहरुले बताएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया