बारेकोटका जंगलमा क्यामेरा जडान गरिने

No description available.
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका भित्रका सामुदायिक जंगलमा क्यामेरा जडान गरिने भएको छ । विश्वकै दुर्लभ वन्यजन्तु बारेकोटका जंगलमा पाईने र चोरी सिकारी बढेकोले रोकथामका लागि क्यामेरा जडान गर्न लागिएको हो ।
डाँफे यूवा क्लवद्धारा सञ्चालित रेडपाण्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा १२ वटा क्यामेरा जडान गर्न लागिएको रेडपाण्डा नेटवर्कका जिल्ला कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिए ।

विश्वमै दुर्लभ मानिएका रेडपाण्डा, चिर कालिज, सुनगिद्ध, कस्तुुरी लगायतका जीवजन्तुहरु बारेकोटका सामुदायिक जंगलमा पाईन्छन् । चोरी सिकारी नियन्त्रण, रेडपाण्डाको संरक्षणमा टेवा पुग्ने हेतुले क्यामेरा जडान गर्न लागेको केसीले बताए ।

‘यो बर्ष भित्रै बारेकोटका विभिन्न जंगलमा क्यामेरा जडान गर्ने योजना बनाएका छौं, उनले भने, ‘चोरी शिकारी रोक्नका लागि क्यामेरा जडान गरिनेछ ।’ रेडपाण्डा संरक्षणका कार्यक्रमले विगत २ बर्षदेखि जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा काम गरिरहेको छ । पछिल्लो समय रेडपाण्डा संरक्षणका स्थानीय समेत जुटेका छन् । कुशे, बारेकोटका जंगलहरुमा रेडपाण्डा पाइन्छ ।

No description available.

तपाईको प्रतिक्रिया