जब त्रिभुवन बिमानस्थलबाट
उनि चढेको जहाज उड्यो ।
जहाज सङ्गा—संगै
मेरो ओठको मुस्कान उड्यो ।
उनि चढेको जहाज
आकाशमा परपर पुगेर
कमिलो जत्रै भयो ।
यता उनको समझना
हाती जत्रै भयो ।
जब उनि चढेको
जहाज उड्यो
मन बलियो बनाएर बाधेको
धैर्यता को बाँध फुट्यो ।
आँखा बाट बर्खे भेलझै
आँशु को बेल बग्यो ।
तिम्रै यादमा बाँचिरहेछु
आफैलाई भुलिरहेछु
म त गल्ली को कुकुर
जस्तै भएको छु ।
पागल सरि
भौतारिदै डुलिरहेछु ।
शिवराज शाही
कुशे गाउपालिका,जाजरकोट
हाल हेटौंडा,मकवानपु
हाम्रो पहुँच संवाददाता । ११ चैत्र २०७९, शनिबार