शनिवार विशेष शृंखला : मुक्तक

मुक्तक
१.
संधै जिम्मेवार हुनुपर्छ क्रान्तिकारी भएपछि
दुःख,पीडा सहनुपर्छ क्रान्तिकारी भएपछि
जहाँ जसले नी प्रहार गर्न सक्छन्,हामीमाथी
संधै तमतयार हुनुपर्छ क्रान्तिकारी भएपछि

२.
किसान रोहेका छन् उत्पादनले बजार नपाएर
विरामी छट्पटाएका छन् उपचार नपाएर
हुँदैन् कार्यालयमा सित्तैमा कसैको काम
कर्मचारीले घुस स्वरुप हजार नपाएर

३.
खै के प्रश्न गरौं हाम्रा नेतृत्व मोहदयलाई
जवाफ दिन गाह्रो पर्ला नेतृत्व मोहदयलाई
गर्दैनौं वाचा पुरा,व्यर्थै सपना किन बाँढ्छौ ?
यहि एउटा प्रश्न भयो नेतृत्व मोहदयलाई

तपाईको प्रतिक्रिया