तातोपानीका महिला स्वास्थ्य स्वयंसेविकालाई 

blog
जुम्ला ।  तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको हो ।तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार तातोपानीका उहाँहरुलाई सूचना प्रभावकारी गर्न सादा मोबाइल सेट वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले उहाँहरुलाई मोबाइल वितरण गर्नुभएको छ ।

मङ्गलबार तातोपानी गाउँपालिका वडा नम्बर १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको हो । गाउँपालिकामा जम्मा ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिने भएको छ । अव अन्य स्वयंसेविकालाई वितरण गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकोमा धन्यवाद दिँदै अन्य व्यवस्थापनमा ध्यान दिन अनुरोध छ । स्वयंसेविका मोतिपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको विषयमा ध्यान दिन अनुरोध गर्नुभयो ।स्वास्थ्य संयोजक चौलागाईंका अनुसार अहिले तातोपानी गाउँपालिकाले मासिक पाँच सय रुपियाँ खाना खाजा र यातायातका लागि सहयोग गर्दै आएको र सङ्घीय सरकारले एक वर्षमा पोशाकसहित २२ हजार रुपियाँ उपलब्ध गरिँदै आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया