सल्यानमा बाटोमै आमाले जन्माईन बच्चा !

सल्यान । दुर्गम ठाउँमा यातायात सुविधा नहुनु, ग्रामीण सडक भए पनि भनेको समयमा गाडी चल्नु, स्वास्थ्य संस्था टाढा हुनु, भौगोलिक विकटता, परिवारको लाप्रवाही, आर्थिक अवस्था कमजोर जस्ता समस्याका कारण ग्रामीण क्षेत्रका महिला वीच बाटोमै सुत्केरी हुन बाध्य छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा न. २ चैतवाकी २० वर्षिया लक्ष्मी बुढालाई विहीबार सुत्केरी वेथालले च्यापेपछि मानिसहरुले वोकेर स्वास्थ्य चौकी बामे औलबेशी लैजादै गरिएको थियो ।

घरबाट हिडेर स्वास्थ चौकी औलबेशी पुग्न करिब ४ घण्टा लाग्छ । बाटोमा सुत्केरीलाई बोकेर त्यति टाढाको बामेकै एक मात्र बर्थिङसेन्टर भएको स्वास्थ्य चौकी औलबेशी पुर्याउनु समस्या नै थियो । समस्या भएपनि उनलाई स्वास्थ्य चौकीमा पुर्याउनु पर्ने बाध्यता पनि थियो । उनलाई स्वास्थ्य चौकी नपुर्याउदै बामे र औलबेशिको वीच बाटोमै बच्चा जन्माइन् । स्वास्थ्य चौकी औलबेशीमा कार्यरत स्वास्थक्रमी कामना साहुले आफुने खबर पाउन बित्तिकै बिच बाटोमै पुगेको तर पुग्नु भन्दा पहिले नै लक्ष्मीले बच्चालाई दिईसकेको बताईन् ।
यसरी बाटोमै सुत्केरी हुनुपर्ने समस्यामा पर्ने भने उनी मात्र नभइ यस क्षेत्रमा यस्ता अन्य थुप्रै घटना सुन्नमा आउछन् ।

यस क्षेत्रका महिला आमाहरुका लागि नजिकमा प्रसूति गृह नहुनु मात्रै दुर्भाग्य होइन, । हाल प्रायः गाउँ ठाउँमा ग्रामीण सडक भए पनि कतिपय ठाउँमा अझै सडक सुविधा पुग्न सकेको छैन । बनगाड कुपिन्डे नगरपालिका ३ क एक स्थानीयले बताए अनुसार, स्वास्थ्य संस्था सम्म पुग्न सडक छैन, कतै सडक भए पनि एम्बुलेन्सको सुविधा हुँदैन, यसले गर्दा यहाँका महिला असुरक्षित ढंगले बाटोमै सुत्केरी हुन बाध्य छ्न ।

सुत्केरी जस्तो संबेदनशील अबस्थामा पनि कतिपय ठाउँमा अझै पनि शिक्षा र जन–चेतनाको कमीले घरमै असुरक्षित ढङ्गले सुत्केरी हुने गर्छ्न । र यसरी असुरक्षित सुत्केरी गराउँदा कतीपय आमा र बच्चाको ज्यानै समेत जाने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया