प्रहरीद्वारा अवैध काठ बरामद

blog

डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाले अवैध काठ बरामद गरेको छ । ठुलिभेरी नगरपालिका वडा नं ३ अन्तर्गत जगतपुलस्थित ओढारमा अवैध रूपमा राखिएको ४५ थान चिरान काठ प्रहरीले बेवारिस अवस्थामा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीका अनुसार गस्तीमा खटिएको प्रहरीले फेला पारेको काठ आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय डोल्पामा बझाइएको छ ।

पछिल्लो समय सदरमुकाम दुनै आसपास बनजङ्गलबाट अवैध रूपमा काठ चोरी गरी विक्री हुने गरेको पाइएको छ । काठ कसले बेवारिस अवस्थामा छाडेर गएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको वन कार्यालय डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया