जाजरकोट । नेकपा एमाले निकट यूवा संगठन राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा बारेकोटका यूवा नेता सन्देश सिंहले दावी गर्ने बताएका छन् । हाम्रो पहुँच डटकम सँगको कुराकानीमा सिंहले आगामी चैत्र ४÷५÷ ६ गते खलंगामा हुने अधिवेशनमा राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा आफ्नो दावी रहने बताएका हुन् ।
२०६४ सालमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय कमिटी बाट राजनीतिक यात्रा सुरु गरेका सिंह पछिल्लो समय यूवाहरुमा निकै लोकप्रिय मानिन्छन् । यूवा साथीहरुले यसपटक न्याय गर्ने र राष्ट्रिय यूवा संघको अध्यक्ष आफुलाई बनाउने विश्वास दिएको बताए ।
को हुन् सिंह ?
बारेकोट गाउँपालिका ०३ बुढागाउँमा जन्मिएका थिए । बारेकोट मात्र नभई जाजरकोट जिल्लाका यूवाहरुमा निकै प्रीय पात्र मानिन्छन् । २०६४ सालमा अनेरास्ववियूको विद्यालय इकाई कमिटी अध्यक्ष, २०६५ सालमा नेशनल ईन्जिनियर कलेज बाँकेको अध्यक्ष, साविकको ०४ नम्बर राष्ट्रिय यूवा संघ अध्यक्ष, साविक रोकायगाउँ गाविसको यूथ फोर्स सचिव, पुनः यूथ फोर्स अध्यक्ष, इलाका नं ६ को यूथ फोर्स अध्यक्ष, २०७२ सालमा जिल्ला कमिटी सदस्य, तत्कालिन नेकपा हुदाँ बारेकोट इन्चार्ज, नेकपा एमाले जिल्ला कमिटी सदस्य, हाल नेकपा एमाले गाउँ कमिटी सचिवालय सदस्य, जिल्ला लेखा आयोग सचिव रहेका सिंह यूवाहरुका ढुकुढी मानिन्छन् ।
हाम्रो पहुँच संवाददाता । २१ फाल्गुन २०७९, आईतवार