वनगाडको कार्यपालिका वैठक : पाँच लाख भन्दा माथि टेण्डर, तल उपभोक्ता समिति

No description available.
सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको दशौं कार्यपालिका बैठक आइतबार सम्पन्न भएको छ । वैठकले नगरपालिकाको हिउँदे अधिबेशन फाल्गुन ३० गते गर्ने निर्णय गरिएको छ ।

३ नम्बर वडाध्यक्ष तथा नगर प्रवक्ता धनबहादुर पुन मगरका अनुसार बैठकले नगरपालिका भित्र भरीका ५ लाख रकमका सडक योजनाहरुलाई उपभोक्ता समितिबाट काम सम्पन्न गर्ने र ५ लाख भन्दा माथीका टेण्डर बाट योजना कार्यन्वयन गर्ने निर्णय गरिएको बताए ।
बैठकले नगरपालिका भित्रका सबै करार कर्मचारी चैत्र मसान्तसम्म सम्झौता गर्ने निर्णय गरिएको छ ।

केही योजना संशोधन गर्नुपर्ने भएमा फाल्गुन २८ गते सम्म नगरपालिकामा योजना पेश गरि सक्नुपर्ने प्रवक्ता पुनमगरले बताए ।

बैठकले वडा न. १ र बनगाड खोलालाई धान पकेट क्षेत्र बनाइ अगाडि बढाउने निर्णय गरिएको छ । विस्तारै सबै वडामा आवश्यकता अनुसार पकेट क्षेत्र घोषण गरिने पनि निर्णय गरिएको छ ।

नगरपालिकाको रकमबाट टेन्डर भएको विद्युत बत्ती बाल्नको लागि तत्काल पानीखोला, गर्चे, चिसापानी, गैरेकटेरी, गाइदुवा टोलमा विद्युत प्राधिकरण सल्यानलाई अनुरोध गर्ने निर्णय समेत गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया