
जाजरकोट । खलंगामा अपांगता व्यक्तिहरुका लागि तीन महिने कम्प्यूटर तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय जाजरकोटको आयोजनामा तीन महिने कम्प्यूटर तालिम सुरु भएको हो ।
भेरी शिवालय टेक्निकल कलेजमा उक्त तालिम सुरु भएको हो । अपांगता भएका व्यक्तिहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिए । सात वटै पालिकाका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।


















































हाम्रो पहुँच संवाददाता । १६ फाल्गुन २०७९, मंगलवार