जाजरकोटमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

May be an image of 9 people, people standing and outdoors
जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

मंगलबार देखि भेरी नगरपालिकाको वडा नं. १३ मा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तहको सहभागिता रहेको छ ।

उद्घाटनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले सर्वांगीण विकासको आधार स्तभ खेलकुद क्षेत्र भएको बताए । राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसात गर्ने बेला आएको बताए ।

May be an image of 3 people, people standing and outdoors

३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

जिल्ला समन्वय प्रमुख, उपप्रमुख, जाजरकोटका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

May be an image of 8 people, people standing and sky

May be an image of 7 people, people standing and outdoors

May be an image of 5 people, people standing and outdoors

तपाईको प्रतिक्रिया