माओवादी केन्द्र कर्णालीकाे प्रमुख सचेतकमा रनसिङ परियार

blog
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रनसिङ परियार मनोनीत हुनुभएको छ । संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री राजकुमार शर्माले परियार प्रमुख सचेतक र सचेतकमा मिलन खड्कालाई मनोनीत गर्नुभएको हो ।

परियार हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने खड्का रुकुम पश्चिमबाट समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । दलको नेताको प्रत्यक्ष निर्देशनमा रही प्रमुख सचेतकले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधित्व गर्ने, आफ्ना सांसदलाई ह्विप लगाउने, संसदीय काम कारबाहीमा परिचालन गर्ने लगायतका काम गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया