शैक्षिक सुधारका लागि ‘शैक्षिक बहस’


जाजरकोट । शैक्षिक सुधारका लागि नलगाड नगरपालिकाको आयोजनामा ‘शैक्षिक बहस’ कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । जिल्लाका चार वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख, विद्यालयका प्र.अ. र व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागितामा दल्लीमा शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाको निर्वाचन क्षेत्र (क) अन्तर्गतका भेरी, नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिका भित्रका विद्यालयका प्र.अ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

चार स्थानीय तह भित्रका विद्यालयहरुले गरेको महत्वपूर्ण कामहरुका विषयहरु सेयर गर्नुका साथै आगामी दिनमा शैक्षिक सुधारका लागि गरिने प्रयासका विषयमा छलफल भएको नलगाड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

सुर्खेतको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले पढ्दै कमाउँदै कार्यक्रमका विषयमा जाजरकोटका शिक्षकहरुलाई सल्लाह समेत दिएका थिए ।

(शैक्षिक बहसका विषयमा हाम्रो अन्य साम्रगीहरु क्रमश प्रकाशन गर्दै जानेछौं सम्पादक)

तपाईको प्रतिक्रिया