जाजरकोट । कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा जोड दिइएको छ । यहाँ खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकालाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिई निर्माण गरिएकोअभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए ।
सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्म पाँच वटा नयाँ विद्यालय भवन निर्माण गरेको उनले जानकारी दिए । वडा नम्बर ३ मा २, वडा नम्बर ५ मा १ र वडा नम्बर ६ मा २ वटा निर्माण गरिएको छ । त्यस्तै उक्त परियोजनले विद्यालय मर्मतसमेत गरेको बताएको छ । वडा नम्बर १ मा १, वडा नम्बर २ मा १, वडा नम्बर ३ मा १, वडा नम्बर ४ मा ४, वडा नम्बर ५ मा २, वडा नम्बर ६ मा २ र वडा नम्बर ८ मा २ वटा विद्यालय मर्मत गरी पढनयोग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।
त्यस्तै, पालिकाभित्र १७ वटा व्यवस्थित, सुरक्षित र बालमैत्री शौचालय निर्माण गरिएको छ । वडा नम्बर २ मा १, वडा नम्बर ३ मा १, वडा नम्बर ४ मा ३, वडा नम्बर ५ मा ४, वडा नम्बर ६ मा ३, वडा नम्बर ७ मा १, वडा नम्बर ८ मा ३ र वडा नम्बर ९ मा १ वटा निर्माण भएको पाठकले बताए । त्यस्तै विद्यालयमा बालमैत्री धारासमेत निर्माण गरिएको छ । वडा नम्बर १ मा ३ वटा, वडा नम्बर ३ मा २, वडा नम्बर ४ मा २, वडा नम्बर ५ मा ५, वडा नम्बर ६ मा १, वडा नम्बर ७ मा ३, वडा नम्बर ८ मा २ र वडा नम्बर ९ मा १ वटा बालमैत्री धारा निर्माण गरिएको छ ।
विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन गरिएको छ । विद्यार्थी बस्नयोग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापन गरिएको हो । वडा नम्बर १ मा १, वडा नम्बर ४ मा १, वडा नम्बर ६ मा १, वडा नम्बर ८ मा १ र वडा नम्बर ९ मा २ वटा गरी जम्मा ६ वटा विद्यालयमा काम गरिएको छ ।
हाम्रो पहुँच संवाददाता । ११ फाल्गुन २०७९, बिहीबार