
काठमाडौं : सन्दीप लामिछानेले स्कटल्यान्डविरुद्ध तीन विकेट लिएका छन्। स्कटल्याण्डविरुद्ध पहिलो विकेट लिएका सन्दीपले १३औँ ओभरको अन्तिम दुई बलमा दुई विकेट लिए।
ओपनर काइल कोएत्जर २२ रन बनाएर लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। ४३ रन बनाउँदा १ विकेट गुमाएको स्कटल्याण्डले ८९ रनमा दोस्रो र तेस्रो विकेट गुमायो। ८९ रनमा खेलिरहेको स्कटल्याण्डले ६० रन बनाएका जर्ज मुन्से र रिची बेरिन्टन ० रनमा गुमायो। २ ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चेर तीन विकेट लिइसकेका छन्।
जारी सिरिजमा नेपाल अपराजित छ भने स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो। नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो।
नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ। नेपाल आजको खेल जिते लिग टू सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ।
यस्तै स्कटल्यान्डलाई लिग टू को पूरै सिरिजमा कुनै पनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन। उच्च फर्ममा रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ।
लिग टू च्याम्पियन स्कटल्यान्ड अन्तिम खेल जित्दै ट्रफी उचाल्न चाहन्छ।
स्कटल्यान्डलाई लिग टूको ट्रफी आजै प्रदान गरिनेछ। कप्तान रिच्ची बेरिङटनले ३ खेल जितेर मनोबल उच्च बनाएको नेपाललाई हराउन सहज नहुने बताए।
















































हाम्रो पहुँच संवाददाता । ९ फाल्गुन २०७९, मंगलवार