६७५ जनालाई वडाले गरिदियो निःशुल्क स्वास्थ्य विमा


खलंगा । जिल्लाको भेरी नगरपालिकाको एक वडाले वडा भित्रका ६७५ जनाको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न नसक्ने नागरिकका लागि वडा नं १० ले निशुल्क स्वास्थ्य विमा गरिएको वडाध्यक्ष दलबहादुर रानाले जानकारी दिए । गरिव तथा विपन्न परिवारका लागि करिब ५ लाख बराबरको स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष रानाले बताए ।

करिब १३५ घरका ६७५ जनाले लाभ लिने छन् । परिवार चलाउनै धौँधौँ हुने कयौँ विपन्न परिवारले राहत पाउने वडा अध्यक्षको भनाइ छ । वडाका ६७५ जना विपन्न परिवारले अब निःशुल्क स्वास्थ्य उपचार पाउने छन् । अर्काे पटक पनि अझ धेरै परिवारको लागि स्वास्थ्य बिमा गर्न बजेट छुट्याउने अध्यक्ष रानाले प्रतिबद्धता गरे । विपन्न परिवारका लागि स्वास्थ्य विमा गरिदिने जिल्लाकै पहिलो वडा बनेको छ ।

तपाईको प्रतिक्रिया