
जाजरकोट । जाजरकोटमा सवारी साधनमा नयाँ भाडादर तोकिएको छ । मंगलबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडादर निर्धारण गरेको हो ।
नयाँ भाडादरमा खलंगा– छेडा ठूलो गाडी १९०, सानो गाडी २३०, खलंगा–फेरा ठुलो गाडी १२५ र सानो गाडी १७५ निर्धारण गरिएको छ । यस्तै, खलंगा – कुदु ठुलो गाडी ८०, सानो गाडी १३०, खलंगा – मटेला ठूलो गाडी ४०, सानो गाडी ५०, खलंगा – रावतगाउँ ठुलो गाडी ५० सानो गाडी ७५, खलंगा – पिपे ठूलो गाडी ७५ र सानो गाडी १०० भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए ।
खलंगा – रिम्ना ठूलो गाडी १७० , सानोगाडी २२० निर्धारण गरिएको छ । खलंगा – कालिमाटी ठूलो गाडी ४४८, सानो गाडी ५०० , खलंगा – पाँचकाटिया ठूलो गाडी ४५०, सानोगाडी ५००, खलंगा – थलह ठूलो गाडी ३८५ निर्धारण गरिएको प्रजिअ न्यौपाने बताए ।
खलंगा –राडीबजार ठूलो गाडी ५१२ र सानो गाडी ५६२ रुपैयाँको नयाँ भाडादर निर्धारण गरिएको छ ।
यस्तो छ नयाँ भाडादर

















































। ३ माघ २०७९, मंगलवार