कांग्रेसका अधिकारीलाई सभामुख बनाउने प्रस्ताव पनि अस्वीकृत


 

हेटौंडा । नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।

शुक्रबार बसेको बैठकमा अधिकारीलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा जेष्ठ सदस्य बाहेक सबैले मतदान गरेका थिए ।

 

अधिकारीको पक्षमा ३६ मत परेको छ भने विपक्षीमा ६५ मत खसेको छ । ७ प्रदेशसभा सदस्य भने तटस्थ बसेका छन् ।

यसअघि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

अब सत्तारुढ गठबन्धनका उम्मेदवार भुवन पाठकलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान हुनेछ ।

तपाईको प्रतिक्रिया