चौरजहारीमा सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क फोटोकपी सेवा सुरु गरेको छ । नगरपालिकामा विभिन्न सेवाका लागि आउने सेवाग्राहीलाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क फोटोकपी सेवाको सुरुवात गरेको हो ।

थोरै फोटोकपी गर्न पनि बजार पुग्दा कार्यालय समय बित्दा अर्को दिन सेवा लिन आउनुपर्ने बाध्यताको अन्त्य गर्न निःशुल्क फोटोकपी सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । अव सेवाग्राहीलाई नगरमा आवश्यक पर्ने कागजातको फोटोकपी गर्न बजार जानु नपर्ने उनले बताए ।

नगरपालिकाले कार्यालयमा सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि कागजात व्यवस्थापन सहजीकरण, सेवाग्राही सन्तुष्टि सर्वेक्षण र सुझाव कार्यान्वयन पनि गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

तपाईको प्रतिक्रिया