बालविवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया

No description available.
जाजरकोट । बालविवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जाजरकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बालविवाह विरुद्ध साझा अभियान सञ्जाल र महिला अधिकार मञ्च जाजरकोटको सहकार्यमा बालविवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको थियो ।

जिल्ला स्थित सरोकारवालाहरु वीचमा अन्तरक्रिया कार्यक्रम भएको थियो । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री, भेरी नगरपालिका उपप्रमुख सिता जैसी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, कुशे गाउँपालिका अध्यक्ष हरिचन्द बस्नेत, नेपाल प्रहरी जाजरकोटका डिएसपी सन्तोष निरौला, सशस्त्र प्रहरी बल जाजरकोट प्रमुख, राष्ट्रिय अनुसन्धान जाजरकोटका प्रमुख ओम खड्का, ईन्सेक प्रतिनिधी दिनेश श्रेष्ठ, यार्सन जाजरकोटका प्रमुख सहदेव बस्नेत, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा सहित जिल्ला स्थित क्रियाशिल संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

जिल्लामा अहिले पनि संस्कृति रुपमा बालविवाह भईरहेकोले त्यसलाई रोकथाम गर्न विभिन्न कार्यक्रम गरिनेपर्नेमा सबैको जोड थियो ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया